Logo

ज्योति विकास बैंकको शाखा चितवनको पर्सामा, थप ३ ओटा नयाँ शाखा थप्दै

ज्योति विकास बैंकको शाखा चितवनको पर्सामा, थप ३ ओटा नयाँ शाखा थप्दै



काठमाडौं । ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच पर्सामा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष खड्काले बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

बैंकले हाल ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएक बाट सेवा प्रदान गर्दै आईरेको छ । साथै बैंकले यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL