Logo

जाजरकोटको थलहमा जनता बैंकको शाखा, ६ शाखा रहित बैंकिङ मार्फत कारोबार सुरु

जाजरकोटको थलहमा जनता बैंकको शाखा, ६ शाखा रहित बैंकिङ मार्फत कारोबार सुरु



काठमाडौं । जनता बैंकले शाखा विस्तार सँगै ६ शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले जाजरकोटको थलहमा शाखा विस्तार सँगै बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । साथै बैंकले बिहीबार देखी दार्चुलाको काँडापारीबाट समेत शाखा रहित बैकिङसेवा सुरु गर्ने भएको छ ।

बैंकले १ सय १९ शाखा ४७ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले १० लाख रुपैयाँ सम्मको दुर्घटना बिमा र बार्षिक १ लाख रुपैयाँ सम्मको उपचार सुविधा समेत प्रदान गदै आईरहेको छ । साथै बैंकले बीमा सुविधा अन्तरर्गत ‘जनता सुरक्षा बचत खाता’ पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL