Logo

मुक्तिनाथ विकास बैंक र सुमेरु बीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र सुमेरु बीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र सुमेरुसिटि अस्पतालबीच विशेष शुल्कमा सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट कार्ड ग्राहकहरूले सुमेरु अस्पताल पुल्चोकबाट उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने भएको छ ।

सम्झौतामा बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी तथा अस्पतालको लेखा प्रमुख बादल सिल्पाकारले आइतबार हस्ताक्षर गरेको छ ।

बैंकले ८२ शाखा, १३ ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आधुनिक बैंकिङ, लघुवित्त, र ग्रामीण बैंकिङबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स, बैकान्स्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न समेत सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL