Logo

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायीत्व, संचालन गर्याे स्वास्थ्य शिविर

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायीत्व, संचालन गर्याे स्वास्थ्य शिविर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखाको गण्डकी गाँउपालिकामा स्वास्थ्य शिविर संचालन गरेको छ ।

शनिवार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको हो ।

बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले उक्त कार्यक्रमको उद्घाटन गदैं बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आईरहेको जानकारी दिए ।

यसका साथै उनले भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

उक्त शिविरमा शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL