Logo

एनआईसी एशियाले ल्यायो डलर भिजा कार्ड, १५ हजार डलरसम्म कर्जा सुविधा

एनआईसी एशियाले ल्यायो डलर भिजा कार्ड, १५ हजार डलरसम्म कर्जा सुविधा



काठमाडौं । एनआईसी एशिया बैंकले अन्तरराष्ट्रिय डलर भिजा कार्ड संचालनमा ल्याएको छ ।

ग्राहकहरुको ई–कमर्स प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बैंकले शुक्रबारबाट उक्त कार्ड संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको उक्त कार्ड नेपाल र भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न मिल्ने जानकारी दिएको छ ।

उक्त कार्डबाट प्रयोगकर्ताहरुले ५ सय देखि १५ हजारसम्म अमेरिकी डलरको कर्जा सिमा रहेको छ । सो कार्डमार्फत कर्जा सीमाको ५० प्रतिशत सम्म रकम झिक्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसका साथै अधिकतम ४५ दिनसम्म सेवा शुल्क रहित क्रेडिट पिरियड उपभोग गर्न सकिने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL