Logo

सिभिल बैंकको ‘स्मार्ट वेबसाईट’ को सुरुवात, बील भुक्तानी देखि रकमान्तरसम्म गर्न सकिने

सिभिल बैंकको ‘स्मार्ट वेबसाईट’ को सुरुवात, बील भुक्तानी देखि रकमान्तरसम्म गर्न सकिने



काठमाडौं । सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गन गराउन स्मार्ट वेबसाईटको सुरुवात गरेको हो ।

शनिबार बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले उक्त स्मार्ट वेबसाइट सार्वजनिक गरेका हुन । उक्त स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी हुनुका साथै ईन्टरनेट बंैकिङ मार्फत खाताको विवरण हेर्न सकिन्छ ।

साथै सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न पनि सो वेबसाईटको प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL