Logo

सनराइज बैंकको रेमिटान्स सेवा अब भारतबाट पनि, एक्सीस बैंकको माध्यमबाट नेपालमा पैसा

सनराइज बैंकको रेमिटान्स सेवा अब भारतबाट पनि, एक्सीस बैंकको माध्यमबाट नेपालमा पैसा



काठमाडौंं । सनराइज बैंकले भारतको एक्सीस बैंकसंग रेमिटान्स सम्बन्धी सम्झौता गरेको छ ।बैंकले भारतमा बस्दै आएका नेपालीलाई लक्षीत गर्दै सो सम्झौता गरेको हो ।

उक्त सम्झौत पश्चात एक्सीस बैंकको कुनै पनि शाखाबाट सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सकिने बैंकले जानकारी दिएको छ । एक्सीस बैंकका भारतभर ३ हजार ३ सय भन्दा बढी शाखाहरु रहेका छन ।

सनराइज बैंक र एक्सीस बैंक बीच रेमिटान्स सम्झौता भएसंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सनराइज बैंकको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टरबाट पाउन सक्ने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL