Logo

ब्याजदरको भद्र सहमतिमा बैंकर्स संघको नाटक मंचन, कार्यान्वयनमा आउला नयाँ व्यवस्था

ब्याजदरको भद्र सहमतिमा बैंकर्स संघको नाटक मंचन, कार्यान्वयनमा आउला नयाँ व्यवस्था



काठमाडौं । पटक–पटक भद्र सहमति गर्दै आफैले तोड्दै आएको नेपाल बैंकर्स संघले ब्याजदरको विषयमा पुनः अर्को सहमति गरेको छ । संघको ५ महिना अघि भएको भद्र सहमति तोडेदै बैंकहरुले बढावढमा निक्षेप उठाउन थालेपछि २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधि बसेर बिहीबार ब्याजदरमा अर्को भद्र सहमति गरेका हन् ।

यस अघिका भद्र सहमति पटक पटक तोड्दै कर्जा तथा निक्षेपको ब्याजर बृद्धि गर्दै आएका बैंकरहरुले नयाँ सहमति गर्दै निक्षेप तथा कर्जाको ब्याजदर दुबै घटाउने निर्णय गरेका छन् । नयाँ सहमति अनुसार बाणिज्य बैंकहरुले अब संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतमात्र ब्याज दिनेछन् भने सर्वसाधारण निक्षेपकतालाई ११ प्रतिशत ब्याज दिइने भएको छ ।

यस अघि बैंकर्स संघले संस्थागतलाई ११ दशमलव १५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई १२ प्रतिशत दिने सहमति गरेका थिए । यसैगरी बैंकर्स संघले बचतमा पनि ब्याजदर घटाउँदे ७ प्रतिशत मात्र दिने सहमति गरेका छन् ।

यसैगरी बैंकसं संघले ब्याजदरमा पनि केही अंकुश लगाएका छन् । केही बैंकले यस अघि अग्रीम ब्याज भुक्तानी सहितको विज्ञापन प्रकाशित गरेकोमा अबका दिनमा निक्षेपकर्ताले त्रैमासिक रुपमा मात्र ब्याज भुक्तानी गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL