Logo

एनआईसी एशियाको २ शाखा विस्तार, पुग्यो कञ्चनपुर र महोत्तरीमा

एनआईसी एशियाको २ शाखा विस्तार, पुग्यो कञ्चनपुर र महोत्तरीमा



काठमाडौं । एनआईसी एशिया बैंकले बुधबार २ शाखा विस्तार गरेको छ ।

बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकामा शाखा विस्तार गरेको हो ।

बेदकोट शाखाको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र सम्सी शाखाको सम्सी गाँउपालिकाका अध्यक्ष मोशेख फारुक ले उक्त शाखाहरुको उदघाटन गरेको हो ।

बैंकले देशभर २ सय २४ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
बैंकको कुल निक्षेप करिब १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL