Logo

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता योजना, साधारण बचतमै १० प्रतिशत ब्याज

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता योजना, साधारण बचतमै १० प्रतिशत ब्याज



काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याज पाइने ‘चन्द्रसूर्य बचत खाता’ योजना ल्याएको छ ।

बैंकले ल्याएको योजना बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याज प्रदान गर्नेछ ।

न्यूनतम मौज्दात १० हजार रहेको बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट दिएको छ ।

साथै बैंकले ५ लाख सम्मको दूर्घटना÷अपाङगताको निःशुल्क बीमा गर्नुका साथै घरदैलोमा गई सेवा प्रदान गरिने भएको छ ।

त्यसतै बैंकले २ सय २२ दिने मुद्दती खातामा १२ दशमलब २२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ । जसमा न्यूनतम मौज्दात ३ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL