Logo

एनआईसी एशियाको २ शाखा सर्लाहीमा, शाखा संख्या २१८ पुग्यो

एनआईसी एशियाको २ शाखा सर्लाहीमा, शाखा संख्या २१८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीको बरहथवा नगरपालिका र बागमती नगरपालिकामा शाखा विस्तार गरेको छ ।

बरहथवा शाखाको बरहथवा उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दास तथा बागमती शाखाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उदघाटन गरेका हुन् ।

त्यसतै बैंकले झापाको बिर्तामोड नगरपालिकामा ९ औं शाखारहित बैंकिङ सेवा आइतबार देखी नै सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ सेवाको उदघाटन भने प्रदेश सांसद एकराज कार्कीले गरे सो शाखारहित बैंकिङ्को प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ ।

बैंकको २ सय १८ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ । बैंकको कुलकर्जा करिब १ अर्ब १६ करोड रुपैयाँ र कुल निक्षेप करिब १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL