Logo

चालू खाता घाटा २ खर्ब नजिक, दयनीय बन्दै शोधनान्तर बचत

चालू खाता घाटा २ खर्ब नजिक, दयनीय बन्दै शोधनान्तर बचत



काठमाडौं । पछिल्लो समय सकारको चालू खाता ऋणात्मक हुने क्रम उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशको चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब पुगेको छ । पछिल्लो एक महिनाको अबधिमा चालू खाता घाटा २० अर्ब रुपैया बढ्न पुगेको छ ।

यसैगरी शोधनान्तर स्थिती पनि नाजुक बन्दै गएको छ । चालू आर्थिक बर्षको ९ महिनामा शोधनान्तर बचत घाटा १४ अर्ब ६० करोड रुपैयाँ रहेकोमा पछिल्लो १० महिनासम्म आईपुग्दा १८ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक बर्षको पहिलो १० महिनामा २ महिना बाहेक अन्य सबै महिनामा शोधनान्तर बचत घाटामा गएको छ ।

शोधनान्तर बचत घाटा बढेसँगै अबका दिनमा विदेशी मुद्रा संचितीमा ठूलो असर पर्ने देखिएको छ । जसले गर्दा नेपाली मुद्रा प्रतिको विश्वासनियतामा कमि आउनुका साथै बाह्य व्यापारमा समेत असर पर्ने देखिएको छ ।

सो अबधिसम्म आईपुग्दा बजेट घाटा पनि उच्च रुपमा बढ्दै १ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL