Logo

राष्ट्र बैंकले भन्यो, कर्जाको ब्याजदर १२ % भन्दा माथी गए कारबाही, असोजसम्म घटाउन दबाब

राष्ट्र बैंकले भन्यो, कर्जाको ब्याजदर १२ % भन्दा माथी गए कारबाही, असोजसम्म घटाउन दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले प्रबाह गर्ने कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथी नलैजान बैंक वित्तीय संस्थाहरुलाई सेचत गराएको छ । हाल निक्षेपको भारित औषत ब्याजदर ६ दशमलव ६ प्रतिशत मात्रै रहेको हुँदा नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले प्रबाह गर्ने कर्जाको ब्याजदर ११ दशमलव ६ प्रतिशतभन्दा माथी हुन नहुने बताएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकलाई कर्जा प्रबाह गर्दा स्प्रेड दर ५ प्रतिशतको सीमा तोकिदिएको छ । निक्षेपको भारित औषत ब्याजदर ६ दशमलव ६ प्रतिशत मात्र रहेकोले बैंक तथा वित्तीय संस्थाले ११ दशमलव ६ प्रतिशत भन्दा बढिमा कर्जा प्रबाह गर्न नमिल्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादूर थापाले बताए । ‘हामीले चालू आर्थिक बर्षको पहिलो १० महिनाको देशको बर्तमान आर्थिक वित्तीय स्थितीको तथ्याङ्क सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन नैतिक दबाब दिएका छौं,’ उनले भने, ‘आगामी असोज मसान्तसम्ममा घटाएर सीमा भित्र ल्याएनन् भने कानुन अनुसार कारबाही गर्नेछौं ।’

पछिल्लो समय बैंक वित्तीय संस्थाले विना आधार कर्जाको व्याजदर बढाएर १४/१५ प्रतिशतभन्दा माथी पुयाएको समेत उनको आरोप छ । ‘हामीले कर्जा प्रबाह गर्दा हेर्ने भनेको निक्षेपको भारित औषत ब्याजदर हो,’ उनले भने, ‘निक्षेपको भारित औषत ब्याजदर ६ दशमलव ६ प्रतिशत मात्रै हुदाँ कर्जाको ब्याजदर कसरी १४/१५ प्रतिशत पुग्छ ।’ छिमेकी मुलुक भारत लगायतका देशमा स्प्रेड दर ३ प्रतिशत रहेको जानकारी दिँदै नेपालमा बैंक तथा वित्तीय संस्थाले कर्जा लिने व्यक्तिमाथी अनावश्य रुपमा ब्याजदरको भार बोकाएर नाफा कमाउने काम गरेको उनको आरोप थियो । साथै उच्च बैंक ब्यादरको कारण उच्पादनलाग समेत बढ्न गई मुद्रास्फितीमा चाप गर्न जाने हुँदा अबका दिनमा ब्याजदर घटाउन समेत राष्ट्र बैंकले सचेत गराएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्क अनुसार निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको बृद्धिदर उच्च छ । सो अबधिमा निक्षेप संकलनको बृद्धिदर १६ प्रतिशतले बढ्दा कर्जा प्रवाहको बृद्धिदर १९ दशमलव ६ प्रतिशतले बढेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले गर्दा ब्यादरमा चाप परिहेको जाननकारी दिँदै कर्जाको ब्याजलाई अंकुशित गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL