Logo

काठमाडौंले धानेको बैंकिङ क्षेत्र, कर्जा-निक्षेप अनुपात बढेर ८६ प्रतिशत नाध्यो

काठमाडौंले धानेको बैंकिङ क्षेत्र, कर्जा-निक्षेप अनुपात बढेर ८६ प्रतिशत नाध्यो



काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तथा गाउँ केन्द्रित गरेपनि बैंहरुले प्रवाह गर्ने कर्जा तथा निक्षेप संकलन राजधानी केन्द्रित भएको छ ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई प्रत्येक गाउँपालिका तथा नगरपालिकामा पुगेर वित्तीय पहुँच पुर्याउन निर्देशन दिएपनि उनीहरुले प्रबाह गर्ने कर्जा तथा निक्षेप संकलन काठमाडौं केन्द्रित रहेको अध्ययनले देखाएको छ ।

हाल बैंक वित्तीय संस्थाले प्रदान गरेको कुल कर्जामध्ये ५१ दशमलव ३ प्रतिशत हिस्सा काठमाडौं केन्द्रित रहेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक गतिवधिको अर्थबार्षिक समीक्षा गर्दै सो अबधिमसम्म बैंक वित्तीय संस्थाले कुल २१ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा १० खर्ब ८८ अर्ब रुपैयाँ काठमाडौंमा मात्रै परिचालन भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

यसैगरी काठमाडौं  उपत्यका बाहिरका क्षेत्रहरुमध्ये सबैभन्दा बढी अंश विराटनगरले ओगटेको छ । विराटनगरमा कुल कर्जा प्रवाहको ११ दशमलव ८ प्रतिशत अर्थात २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । तर, हालसम्म आईपुग्दा मुख्य शहरमध्ये सबैभन्दा कम दुई नम्बर प्रदेशको जनकपुर क्षेत्र रहेको छ । जनकपुर क्षेत्रमा सबैभन्दा कम कुल कर्जा प्रवाहको ३ दशमलव ३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यसैगरी बैंक वित्तीय संस्थाहरु निक्षेप संकलनमा पनि काठमाडौ आश्रित रहको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिसम्ममा बैंकहरुले संकलन गरेको कुल निक्षेको ६८ दशमलव ५ प्रतिशत हिस्सा काठमाडौंकै रहेको छ । चालू आर्थिक बर्षको अर्धबार्षिक अबधिसम्म आईपुग्दा बैंक तथा वित्तीय संस्थाले कुल २४ अर्ब ६४ अर्ब निक्षेप संकलन गरेकोमा काठमाडौं केन्द्रित निक्षेप १६ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी बैंकहरुको कर्जा विस्तारको बढेको होडबाजीसँगै पछिल्लो समय कर्जा निक्षेप अनुपात पनि बढेको छ । गत बर्षको सोही अबधिमा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८२ दशमलव २ प्रतिशत रहेकोमा चालू आबको पुस मसान्तसम्म आईपुग्दा बढे कर्जा निक्षेप अनुपात ८६ दशमलव १ प्रतिशत पुगेको छ । तथ्याङ्क अनुसार निक्षेप संकलनमा भने काठमाडौं पछि ४ नम्बर प्रदेशको मुख्य शहर काठमाडौं रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL