Logo

थप नयाँ बैंक वित्तीय संस्था खरिद गर्दै प्रभु बैंक, दुई नयाँ संचालक चयन

थप नयाँ बैंक वित्तीय संस्था खरिद गर्दै प्रभु बैंक, दुई नयाँ संचालक चयन



काठमाडौं । प्रभु बैंकले अन्य बैंक तथा वित्तीय संस्था खरिद सम्बन्धी प्रक्रिया बढाउन अख्तियारी प्रदान गरेको छ । बैंकको १६ औं बार्षिक साधारणसभाले अन्य बैंक वित्तीय संस्था खरिदका लागि संचालक समितिलाई खख्तियारी प्रदान गरेको हो ।

साधारणसभाले बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन (डीडीए) गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता नियुक्ती गरी अन्य बैंक वित्तीय संस्था खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउन बैंक संचालकलाई अख्तियारी प्रदान गरेको हो ।

यसैगरी बैंकले रिक्त रहेको दुई संचालक पनि नियुक्त गरेको छ । संचालकहरु शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई उक्त साधारणसभाले अनुमोदन गरेको हो ।

यसैगरी बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने जस्ता प्रस्तावहरु समेत स्वीकृति गरेको छ । साथै कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL