Logo

जनता बैंकले गर्यो एकैदिन ५ नयाँ शाखाको उद्घाटन, शाखा संख्या ११५ पुग्यो

जनता बैंकले गर्यो एकैदिन ५ नयाँ शाखाको उद्घाटन, शाखा संख्या ११५ पुग्यो



काठमाडौं । जनता बैंकले एकैदिन ५ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देसभरका विभिन्न ५ ओटा स्थानबाट नयाँ शाखामार्फत कारोबार सुरु गरेको हो ।

बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड र कालिका, रामेछापको दोरम्बा र जुम्लाको तातोपानीबाट आफ्नो बैंकिङ कारोवार सुरु गरेको हो ।

बैंकले रसुवाको मध्यकालिकास्थान स्थितको एक्स्टेन्सन काउन्टरलाइ स्तरोन्नती गर्दै शाखामा परिणत गरेको जानकारी दिएको छ ।

हाल सो शाखाहरु लगायत बैंकको शाखा संख्या १ सय १५ पुगेको छन ।

प्रतिक्रिया दिनुहोस्
MBL