Logo

एनआईसी एशिया र क्लियरिङ हाउसबीच सम्झौता, इन्टनेटबाटै राजस्व भुक्तानी

एनआईसी एशिया र क्लियरिङ हाउसबीच सम्झौता, इन्टनेटबाटै राजस्व भुक्तानी



काठमाडौं । एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रणाली अन्तरगत राजस्व भुक्तान गर्न सकिने सुविधाको लागि सम्झौता गरेको छ । बैंकले मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडसँग उक्त सेवाको लागि सम्झौता गरेको हो ।

सो सम्झौता पश्चात एनआइसीका ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत नेपाल सरकारलाइ १ लाख रुपैया सम्मको राजस्व भुक्तान गर्न सक्नेछन ।

सो सेवाको लागि ग्राहकहरुले नेपाल क्लियरिङ हाउसको वेबसाइटमा रहेको फारम डाउनलोड गरेर बैंकको कुनैपनि शाखामा रुजु गराउनसक्ने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL