Logo

पूर्वाधार बैंक खोल्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति, ६ महिना भित्र वित्तीय कारोबार गर्न अनुमति

पूर्वाधार बैंक खोल्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति, ६ महिना भित्र वित्तीय कारोबार गर्न अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पूर्वाधार(इन्फ्रास्ट्रक्चर) बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले आईतबार नै पूवार्धार विकास बैंक स्थापनाको लागि सैद्धान्तिक सहमति दिएको हो ।

देशमा पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने उद्देश्य अनुरुप पूर्वाधार बैंक स्थापना गर्न स्वीकृति प्रदान गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सहमति अनुसार बैंकले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी समेत गर्नेछ ।

साथै पूर्वाधार बैंकले राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्न सक्नेछ । यसका साथै दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ ।

चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको सो बैंकमा समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ सेयर पुँजी रहने छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ । बैंकले सैद्धान्तिक सहमति प्राप्त भएसँगै अबको ६ महिना भित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमा दर्ता गराउने भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा नेपाल सरकार लगायत देशका विभिन्न वाणिज्य बैकहरु, बीमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL