Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा बाजुरामा, शाखा संख्या ७ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा बाजुरामा, शाखा संख्या ७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको घटमुना बजारमा ७ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यु.के.एड एक्सेस टु फाईनान्स सँगको सहकार्यमा बाजुरामा बिहीबार देखी शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको उदघाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेको थियो ।

बैंकले सोही अवसरमा कलक बहादुर रोकायालाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।

बैंकले २ सय १२ शाखा, २ सय ३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर तथा ७ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ५९ करोड रहेको छ भने कुल कर्जा करिब १ अर्ब १० करोड रहेको छ । त्यसतै कुल निक्षेप करिब १ अर्ब ३४ करोड पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL