Logo

एनआईसीले शुरु गर्योे कृषि तथा पर्यटन कर्जा, ५ प्रतिशत ब्याजमा अनुदान दिने

एनआईसीले शुरु गर्योे कृषि तथा पर्यटन कर्जा, ५ प्रतिशत ब्याजमा अनुदान दिने



काठमाडौं । एनआईसी एशिया बैंकले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन गर्न बैंकले उक्त सेवा सार्वजनिक गरेको हो ।

बैंकको उक्त योजनाले कृषि तथा पर्यटन ब्यवसायको बृद्धिमा थप टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई बैंकले ५ प्रतिशत ब्याज अनुदान दिनेछ ।

साथै बैंकले शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गर्ने भएको हो । ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL