Logo

ग्लोबल आइएमईको ४ शाखा विस्तार, शाखा संख्या ८३ पुग्यो

ग्लोबल आइएमईको ४ शाखा विस्तार, शाखा संख्या ८३ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले यसै साता ४ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले सोमबार रुपन्देहीकोे देवदह नगरपालिका वडा नं. १०, मगंलबार गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ३ तथा सोही गाउँपालीका ५ मा शाखा विस्तार गरेको छ ।

बैंकले बुधबार गुल्मीकै गुल्मीदरबारमा ८३ औं शाखा सञ्चालनमा ल्याएको हो ।

यस सँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय २९ शाखा, १ सय ३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर तथा ८३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL