Logo

आइएमई जनरल र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

आइएमई जनरल र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकले इन्स्योरेन्सले दिने बीमा सेवा प्राप्त गर्नेछन ।

कार्यकारी अधिकृत श्रेष्ठले बैंक सँगको संझौताबाट सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताएका छन ।

बैंकको शाखा मार्फत सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने भएकाले ढुक्क भएर सेवा लिन समेत श्रेष्ठले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL