Logo

एनआईसी एशियाको शाखा पोखरामा, नेपाल राष्ट्र बैंकको अभियानमा साथ

एनआईसी एशियाको शाखा पोखरामा, नेपाल राष्ट्र बैंकको अभियानमा साथ



काठमाडौं । एनआईसी एशिया बैंकले पोखरामा शाखा विस्तार गरेको छ ।

बैंकले पोखराको लेखनाथ महानगरपालिका ६ कास्की स्थित लेकसाइड शाखाको सोमबार उदघाटन गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको उदघाटन गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा साथ दिएकोमा एनआईसी एशियालाई बधाई ज्ञापन गरेको छ ।

बैंकले २ सय १० शाखा कार्यालय र २ सय एटिएम ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा करिब १ अर्ब १० करोड रुपैयाँ र कुल निक्षेप करिब १ अर्ब ३४ करोड रुपैयाँ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL