Logo

विभिन्न जिल्लामा खुले ग्लोवल आइएमईका ७ शाखा, आजैदेखि कारोबार शुरु

विभिन्न जिल्लामा खुले ग्लोवल आइएमईका ७ शाखा, आजैदेखि कारोबार शुरु



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार देसभरीका विभिन्न ठाउँमा गरि ७ ओटा स्थानमा आफ्ना शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले धनुषा, बारा, रौतहट, सप्तरी, डडेल्धुरा, डोटी, र बैतडी जिल्लामा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय २९ पुगेको छ ।

साथै बैंकले सोहि दिनदेखि ललितपुरकोे मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १ सय ३१ पुगेको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL