Logo

सिटिजन्सको एक साथ ६ शाखा विस्तार, दुर्गम क्षेत्रमा शाखा सञ्चालनको तयारी

सिटिजन्सको एक साथ ६ शाखा विस्तार, दुर्गम क्षेत्रमा शाखा सञ्चालनको तयारी



काठमाडौं । सिटिजन्स बैंकले एक साथ ६ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखुपिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्साछिन्ताङमा सोमबार देखी शाखा सञ्चालनमा ल्याएको हो ।

नियमनकारी निकायको निर्देशन अगावै बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले अति दुर्गम मानिने हुम्लाको सिमिकोट तथा डोल्पामा समेत शाखा सञ्चालनमा ल्याईसकेको छ ।

बैंकले निकट भविष्यमानै प्युठान, रुकुम, हुम्लाको नाम्खा, अछामको ढकारी, लगायतका स्थानहरुमा शाखा सञ्चालनमा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिएका छन ।

बैंकले ७४ शाखा, ६९ ए.टि.एम. र ९७ शाखाबाट सवेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL