Logo

मुक्तिनाथको शाखा ओखलढुङगाको मानेभञ्ज्याङमा, घरदैलोमा सेवा

मुक्तिनाथको शाखा ओखलढुङगाको मानेभञ्ज्याङमा, घरदैलोमा सेवा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ८० औं शाखा मानेभञ्ज्याङमा विस्तार गरेको छ ।

बैंकको ओखलढुङगा शाखाको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष मोती राज राईले लघुवित्त सेवा सहित यस क्षेत्रमा आउँदा बैंकको नारा ‘जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ’ भन्ने नारालाई प्रमाणित गरेको बताएका छन ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकले ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्न घरदैलो मै गएर सेवा दिईरहेको बताएका छन । कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नको लागि बैंक तयार रहेको उनले बताए ।

आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमास सम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ, कुल निक्षेप २४ अर्ब ५५ करोड रुपैयाँ, कुल लगानी २१ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । संचालन मुनाफामा ४२ करोड ७५ लाख खुद नाफा गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL