Logo

स्याङजाको मिर्मीमा प्राईम बैंकको ६२ औं शाखा, थप १४ शाखा विस्तार गर्दै

स्याङजाको मिर्मीमा प्राईम बैंकको ६२ औं शाखा, थप १४ शाखा विस्तार गर्दै



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको स्याङजाको कालीगण्डकी गाउँपालिका आफ्नो शाखा विस्तार गरेको छ । बैंकले स्याङ्जाको मिर्मीमा आफ्नो ६२ औं शाखा विस्तार गरेको हो ।

उक्त शाखको बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै विष्टले प्रामई बैंक जनताको पहिलो रोजाईको बैंक बन्ने लक्ष्यका साथ काम गरिरहेको र निकट भविष्यमै बैंकले देशका विभिन्न ठाउँमा १४ वटा भन्दा बढी शाखा खोलेर बैंकिङ सेवा दिने योजना रहेको जानकारी दिइ ।

सो क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने उनको भनाई थियो । यसैगरी बैंकका शाखा प्रवन्धक लोकवहादुर कुँवरले गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, निर्माण आदि क्षेत्रमा कर्जा प्रवाह गरी ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउने बताए । साथै कालीगण्डकी विद्युत आयोजनामा कार्यरत कर्मचारीहरुको लागि पनि आवश्यक सेवा उपलब्ध गराइने उनको भनाइ थियो ।

उद्घाटन समारोहमा कालीगण्डकी गाउँपालिकाका प्रमुख खिमबहादुर थापा, वडा अध्यक्ष मुक्तिप्रसाद भट्टराई लगायत मिर्मी र आसपासका स्थानीय जनताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL