Logo

विश्व बैंकले गर्यो २७ अर्व ऋण सहयोग, आधा रकम रानीजमरा सिँचाइ परियोजनामा खर्च गरिने

विश्व बैंकले गर्यो २७ अर्व ऋण सहयोग, आधा रकम रानीजमरा सिँचाइ परियोजनामा खर्च गरिने


रासस
27
Shares

काठमाडौं । विश्व बैंकले २७ अर्ब ६५ करोड रुपैया सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । नेपाललाइ वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न सहयोग पुग्ने गरि सो रकम बैंकले सहयोग गर्न लागेको हो ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सो रकमको आधाभन्दा बढी भाग बजेटरी सहायता र बाँकी रकम सिँचाइ परियोजनामा उपयोग गरिनेछ । आगामी फागुन अन्त्यसम्म उक्त सम्झौता लागू हुनेछ । रानी जमारा (दोस्रो चरण) सिँचाइ आयोजना भने आगामी पाँच वर्षसम्म जारी रहनेछ ।

हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बंैकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गरे । देशीय निर्देशक चिमाओले संघीयतामा भर्खरै प्रवेश गरेको नेपालका वित्तीय आवश्यकता पूरा गर्न बैंकले उक्त सहायता प्रदान गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL