Logo

मुक्तिनाथको शाखा कटारीमा, शाखा संख्या ७९ पुग्यो

मुक्तिनाथको शाखा कटारीमा, शाखा संख्या ७९ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले उदयपुरको कटारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बिहीबार एक कार्यक्रमको आयोजना गर्दे बैंकले कटारीको गोलपार्कका आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको हो । सो शाखाको उद्घाटन उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले गरेका हुन ।

शाखाको उद्घाटन गर्दै खड्काले बैंकले अबका दिनहरुमा आफ्ना लक्ष्यका साथै विभिन्न वर्गका जनताहरुलाई वित्तीय सेवा प्रदान गर्दै अगाडि बढ्न सुझाव दिएका छन ।

साथै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंक प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी दिए । बैंकले वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL