Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै सिद्धार्थ बैंक, एकै दिन खोल्यो ८ शाखा

शाखा विस्तारमा एग्रेसिभ हुँदै सिद्धार्थ बैंक, एकै दिन खोल्यो ८ शाखा



काठमाडौं । सिद्धार्थ बैंकले एकै दिन ८ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप शाखा विस्तार गरेको हो ।

बैंकले आईतबार रौतहटको माधवनारायण, तनहुँको दुलेगौडा, नवलपुरको गैंडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

यससँगै बैंकको शाखा संस्था १ सय ८ पुगेको छ भने ३ एक्स्टेन्सन् काउन्टर रहेको छ । यस्तै ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८ एटीएम र ६ सय ८७ पीओस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL