Logo

इलाममा जनता बैंकको नयाँ शाखा, शाखा संख्या १०८ पुग्यो

इलाममा जनता बैंकको नयाँ शाखा, शाखा संख्या १०८ पुग्यो



काठमाडौं जनता बैंक नेपालले इलाममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ईलाम नगरपालिकाको निकुञ्ज पथमा नयाँ शाखा संचालमा ल्याएको हो ।

सो शाखाबाट आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने छ । ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको बैंकले जानकारी दिएको छ । यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंक नेपालको शाखा सञ्जाल १ सय ८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL