Logo

प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा, थप १५ शाखा विस्तार गर्दै

प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा, थप १५ शाखा विस्तार गर्दै



काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो ६१ औं शाखा रसुवामा संचालनमा ल्याएको छ । बैंकले आज रसुवाको कालिका गाउँपालिका कालिकास्थान, घुम्तीबजारमा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहकाबीच सो शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा दिइयो । बैंकका शाखा प्रवन्धक विष्णुमणि अधिकारीका अनुसार यस क्षेत्रमा बैंकले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदि क्षेत्रमा कर्जा प्रवाह गर्नेछ ।

निजीक्षेत्रका बैंकमध्येमा उत्कृष्ठ ८ औं स्थानमा रहेको यस बैंकले निकट भविष्यमै मुलुकका विभिन्न भागमा १५ वटा भन्दा बढी शाखा खोल्ने योजना रहेको जानकारी दिइएको छ । सो अवसरमा दिइएको जानकारी अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले गत चैत मसान्तसम्ममा ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी ६६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकले स्थापनाकालदेखि नै उत्पादनशील क्षेत्रमा प्राथमिकताका साथ कर्जा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL