Logo

ज्योति विकास बैंकको सीईओमा ज्ञवाली, ४ बर्ष ज्योतिको कमाण्ड सम्हाल्ने

ज्योति विकास बैंकको सीईओमा ज्ञवाली, ४ बर्ष ज्योतिको कमाण्ड सम्हाल्ने



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक संचालक समितिको हिजो बेलुका बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

ज्ञवालीले यस अघि सोही बैंकको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकका तत्कालिन सीईओ कृष्णबहादुर कुँवरले छाडेसँगै ज्ञवालीले सो पद सम्हालेका हुन् ।

चार्टड एकाउन्टेन्ट ज्ञवालीसँग बैंकिङ क्षेत्रमा १३ बर्ष काम गरेको अनुभव छ । संचालक समितिले उनलाइ आगामी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL