Logo

महेन्द्रज्योति देउरालीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ५ पुग्यो

महेन्द्रज्योति देउरालीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ५ पुग्यो



काठमाडौं । एनआइसी एशिया बैंकले बनेपाको महेन्द्रज्योति देउरालीमा आफ्नो ५ औ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले मंगलबार एक कार्यक्रमका बीच सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । सो शाखाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका हुन । बैंकले शाखा प्रतिनिधि सन्त कुमार तामाङलाइ नियुक्त गरेको छ ।

हाल बैंकले १ सय ९६ शाखा कार्यालय, १ सय ९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ मार्पmत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL