Logo

सनराईज र नेपाल बैंकले नाफा बढाउँदा ग्लोबलको घट्यो, यस्तो छ प्रति सेयर आम्दानी

सनराईज र नेपाल बैंकले नाफा बढाउँदा ग्लोबलको घट्यो, यस्तो छ प्रति सेयर आम्दानी



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ९ महिनामा नेपाल बैंक र सनराइज बैंकको नाफा बढेको छ । आज मात्रै वित्तीय विवरण सार्वजनिक गरेका यी दुई बैंकको नाफा सामान्य बढेको हो । तर आजै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आईएमई बैंकको नाफामा भने गिरावट आएको छ ।

नेपाल बैंकले चालू आबको तेस्रो त्रैमासमा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । गत बर्षको सोही अबधिमा बैंकको नाफा २ अर्ब ५१ करोड रुपैयाँ थियो बैंकले हालसम्म ९० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको खराव कर्जा भने २ दशमलव ८५ प्रतिशतबाट बढेर २ दशमलव ९१ प्रतिशत पुगेको छ । यस्तै बैंकको प्रति सेयर आम्दानी ४२ रुपैयाँ छ ।

यस्तै सनराइज बैंकले चैत मसान्तसम्ममा ९४ करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर, बैंकले तग आबको सोही अबधिमा ८५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले हालसम्म ६५ अर्ब ६४ करोड रुपैयााँ निक्षेप संकलन गरी ५७ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ छ । यस्तै प्रति सेयर आम्दानी १५ रुपैयाँ छ ।

यसैगरी, आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमइ बैंकको नाफामा भने गिरावट आएको छ । बैंकले चालू आबको तेस्रो त्रैमासमा गत आबको सोही अबधिको भन्दा नाफा घटाउँदै १ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ । गत बर्षको सोही अबधिमा बैंकको नाफा १ अर्ब ४७ करोड रुपैयाँ थिया ।

बैंकले हालसम्म १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८६ करोड रुपैयाँ छ । सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा भने घटेको छ । गत आबको सोही अबधिमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १ दशमलव ५३ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा घटेर १ दशमलव २९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL