Logo

सानिमा बैंक ९ महिनामा कमायो १ अर्ब २० करोड, यस्तो छ इपीएस

सानिमा बैंक ९ महिनामा कमायो १ अर्ब २० करोड, यस्तो छ इपीएस



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक बर्षको ९ महिनामा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा २४ प्रतिशतले बृद्धि गर्दै नाफामा सुधार गरेको छ । गत आबको सोही अबधिमा बैंकले कुल ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।

सो अबधिमा बैंकको निक्षेप ७१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने ६४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो बापतले बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैयाँ जम्मा रहँदा खराब कर्जा भने केही बढेको प्रतिवदेनले देखाएको छ । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव शुन्य ४ प्रतिशतबाट बढेर शुन्य दशमलव १७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL