Logo

सिटिजन्स बैंक तेस्रो क्वाटरमा अर्बपति क्लवमा प्रवेश, यस्तो छ इपीएस

सिटिजन्स बैंक तेस्रो क्वाटरमा अर्बपति क्लवमा प्रवेश, यस्तो छ इपीएस



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले चालू आर्थिक बर्षको तेस्रो चौमासमा १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा १२ करोड रुपैयाँले बृद्धि गर्दै खुद नाफा १ अर्ब रुपैयाँ नघाएको हो ।

सो अबधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । सो अबधिसम्म बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सोही अबधिमा बैंकले आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ छ ।

यसैगरी बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने काषे अनुपात १५ दशमलव ६६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL