Logo

सिद्धार्थ बैंकले सवा अर्ब कमाउँदा एभरेष्ट बैंकले कमायो पौने २ अर्ब, कसको इपीएस कति ?

सिद्धार्थ बैंकले सवा अर्ब कमाउँदा एभरेष्ट बैंकले कमायो पौने २ अर्ब, कसको इपीएस कति ?



काठमाडौं । चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंक र सिद्धार्थ बैंकले आफ्नो नाफामा सुधार गरेका छन् । आजै वित्तीय विवरण सार्वजकि गरेको दुबै बैंकले आफ्नो नाफामा सुधार गरेका हुन् ।

एभरेष्ट बैंकले चालू आबको पहिलो ९ महिनामा १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा २८ करोड रुपैयाँले बढि हो । बैंकले गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैकको कर्जा लगानी र निक्षेप संकलन दुबैमा बृद्धि भएको छ भने खराब उठौतीमा सुधार आएको छ । समीक्षा अवधिम बैंकको निक्षेप १ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने कर्जा लगानी ८८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको कर्जा निक्षेपअनुपात (सीडी रेसियो) ७५ दशमलव ६५ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ ७६ पैसा पुगेको छ ।

यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा बृद्धि गरेको छ । सो अबधिमा बैंकले आफ्नो नाफामा २७ करोड रुपैयाँले बृद्धि गर्दै १ अर्ब २२ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । जबकि गत आबको सोही अबधिमा बैंकको नाफा ९५ करोड रुपैयाँ मात्र रहेको थियो ।
बैंकको ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार आएसँगै समग्र नाफामा बृद्धि भएको हो । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १ दशमलव ७१ प्रतिशतबाट घटेर १ दशमलव ३१ प्रतिशतमा झारेको छ ।
यस्तै बैंकको सिसिडी रेसियो ७८ दशमलव १० प्रतिशत रहेको छ भने प्रति सेयर २० रुपैयाँ ५२ पैसा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL