Logo

आर्थिक घाटाको मुख्य कारक तत्व प्राकृतिक प्रकोप : विश्व वैंक

आर्थिक घाटाको मुख्य कारक तत्व प्राकृतिक प्रकोप : विश्व वैंक



काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक घाटाको मुख्य कारक तत्व भुकम्प लगायतका प्राकृतिक प्रकोप रहेको उल्लेख गरेको छ ।

बुधबार विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै तराइको बाढी तथा नेपालमा कम बर्षाका कारण पनि नेपालको चालु आर्थिक घाटा चुलिएको बताइएको हो । यसका साथै विश्व बैंकले नेपालको आर्थिक बजेट अवास्तविक भएको जनाएको छ ।

हाल ३ बष यताको आर्थिक बजेटमा अवास्तविकता भएकै कारण नेपालमा हाल तरलतामा अभाव आएको विश्व बैंकका प्रतिनिधी दामीर कोशिकले जानकारी दिए । साथै उनले अर्थमन्त्रालयको बजेटमा सत्य तथ्य नराखिएको जानकारी दिए । तरलता अभावकै कारण ऋणको व्याजदर महङगो भइ वित्तिय क्षेत्रमा उत्तारचढाव आएको छ ।

यसका साथै नेपालमा हाल आएको स्थिर राजनितिक अवधारणाले पनि नेपालको आर्थिक वृद्धि हुने देखाएको छ । तर विश्व वैंकले हालै सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालको आर्थिक वृद्धिदर केहि बर्षपछिसम्म घट्ने आँकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL