Logo

एनआईसी एशिया बैंकको नयाँ बर्ष अफर, कार्डमार्फत सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकको नयाँ बर्ष अफर, कार्डमार्फत सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षको अवसरमा विशेष छुट योजना ल्याएको छ ।

बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्डमार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ स्टोरहरुमा सेवा÷वस्तु खरिद वापत कार्डमार्फत रकम भुक्तानी गर्दा ५ देखि ५० प्रतिशत छुट दिने भएको छ ।

बैंकका अनुसार १ बर्ष सम्म उपलब्ध हुने सो छुट सुविधा देश भरिको ३० भन्दा बढी संस्था वा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुने छ । जसले गर्दा आफ्ना ग्राहकलाई सर्वसुलभ तरिकाबाट सामान खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

हालसम्म बैंकलेृ करिब १ खर्ब ९ अर्ब रुपैंया कर्जा परिचालन गरेको छ भने १ खर्ब ३४ अर्ब रुपैंया निक्षेप संकलन गरेको छ ।

बैंकले देशभरका १ सय ९२ शाखा कार्यालय, १ सय ९६ एटिएम, ४ एक्स्टेन्सन काउन्टर तथा ४ शाखारहित बैंकिङ मार्पmत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL