Logo

प्रभु बैंक र नेपाल मेडिसिटी बीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

प्रभु बैंक र नेपाल मेडिसिटी बीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । प्रभु बैंक र नेपाल मेडिसिटी बीच उपचार खर्च छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल मेडिसिटीले प्रभु बैंकका कर्मचारी तथा ग्राहकको उपचारमा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सो सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर अशोक खड्गी र नेपाल मेडिसिटी का  महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन ।

उक्त द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ ।

नेपाल मेडिसिटी सँगको सो सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी को स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गर्न पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL