Logo

राबा बैंक र एनआईडीसीबीच बैंशाख १९ बाट एकिकृत कारोबार, एनआईडीसीका लागनीकर्तालाई सेयर, पैसा नपाईने

राबा बैंक र एनआईडीसीबीच बैंशाख १९ बाट एकिकृत कारोबार, एनआईडीसीका लागनीकर्तालाई सेयर, पैसा नपाईने



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीच आगामी बैंशाख १९ गतेबाट एकिकृत कारोबार हुने भएको छ । लामो समयदेखि प्रतिक्षामा रहेको दुई बैंकबीचको एकिकृत कारोबार २०७५ बैंशाख १९ गतेलाई तय गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले मर्जरको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेका छौं,’ उनले भने, ‘बैंशाख १९ मा एकिकृत कारोबार गर्नका लागि केही दिनभित्रै सुचना समेत प्रकाशित गर्ने छौं ।’

हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएको र कम्पनी रष्ट्रिारको कार्यालमा दाखिला हुन बाँकी भएकाले केही ढिलाई भएको उनको भनाई थियो । ‘हामीले पहिला नै सुचना प्रकाशित गरेर बैंशाख १९ लाई मर्जरको घोषणा गर्न लागेका थियौं,’ उनले भने, ‘कानुनी रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दाखिला नभएकाले सुचना प्रकाशित गर्न केही ढिलाई भएको हो तर, एकिकृत कारोबार भने तोकिएकै मितिमा हुनेछ ।’

दुई बैंकबीच मर्जरमा जाँदा १ः१ को अनुपातमा सेयर स्वाप गरिएको थियो । जस अन्तरगत मर्जरमा जाँदा सेयर नलिइ पैसा लिन चाहने सेयरधनीले प्रतिकित्ता ४ हजार ४ सय ८४ रुपैयाँ ३० पैसा तोकेको थियो । तर एनआईडीसीका केही लगानीकर्ताले मात्र सेयर वापतको पैसा लिने इच्छा देखाएपछि सबैलाई सेयर दिन लागिएको श्रेष्ठले जानकारी दिए । ‘हामीले एनआईडीसीका लगानीकर्तालाई सेयर वा सो वापत पैसा जे लिए पनि एउटा रोज्न बाटो खुला गरिदिएका थियौं,’ उनले भने, ‘तर, धेरैजसो लगानीकर्ताले सेयर रोजेपछि सबैलाई सेयर नै दिन लागेका हौं ।’

सरकारी लगानी भएको एनआइडिसीमा सर्वसाधारणको ३० हजार ९ सय १० कित्ता सेयर मात्र छ । जुन कुल सेयर स्वामित्वको १ प्रतिशतभन्दा कम हुन आउँछ । एनआईडीसीमा सरकारको स्वामित्व ९९ दशमलव २६ प्रतिशत छ । हाल राष्ट्रिय वाणिज्य बैकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको छ । दुई संस्था मर्जर भएसँगै राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुग्ने सिईओ श्रेष्ठले जानकारी दिए ।

बैंकले बैशाख १९ मा एकिकृत कारोबार सुरु गर्न आफ्नो होडिङ बोर्ड परिवर्तको काम थालेको छ । यस अघि बाणिज्य बैंकको बोर्ड रहेकोमा आबका दिन राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट मर्जर भनेर थप्ने काम सुरु भएको श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL