Logo

लक्ष्मी बैंकको भेरीफाइड वाइ भिसा सार्वजनिक, ई–कमर्स कारोबारलाई प्राथमिकता

लक्ष्मी बैंकको भेरीफाइड वाइ भिसा सार्वजनिक, ई–कमर्स कारोबारलाई प्राथमिकता



काठमाडौं । लक्ष्मी बैंकले भेरीफाइड वाइ भिसा (भिबीभि) बजारमा ल्याएको छ ।

बैंकले सुरक्षित एवं सुबिधा प्रदान गर्ने उद्देश्य सहित भेरीफाइड वाइ भिसा (भिबीभि) थ्रिडी सेक्युर सर्भिस द्वारा सुनिश्चितता प्रदान गरिएकोे, भिसा डेबिट कार्डहरु ल्याएको हो ।

अन्तरराष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिसा इन्टरनेशनलमार्फत यो सेवा लक्ष्मी बैकका कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको हो ।

अनलाईन बजारको कारोबारलाई बैकका कार्ड प्रयोगकर्ताले सजिलै प्रयोग गर्न, तथा इन्टरनेटको माध्यमबाट अनलाइन ई–कमर्सको कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL