Logo

सामाजिक काममा एन आई सी एशिया, ८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

सामाजिक काममा एन आई सी एशिया, ८ विद्यार्थीलाई छात्रवृत्ति वितरण



काठमाडौं । एन आई सी एशिया बैंकले ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले २ लाख रुपैंया छात्रवृत्ति वितरण गरेको छ ।

कालिकोटबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पिडित विद्यार्थीहरुलाई उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ मार्पmत सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार १५५ अर्ब रुपैंया भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०६ अर्ब रुपैंया र कुल निक्षेप करिब १३० अर्ब रुपैंया पुगेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL