Logo

एनआईसी एशिया बैंकले सुरु गर्यो इनवार्ड रेमिटेन्स सेवा, एक्सिस बैंकको ३५ सय शाखाबाट नेपालमा पैसा

एनआईसी एशिया बैंकले सुरु गर्यो इनवार्ड रेमिटेन्स सेवा, एक्सिस बैंकको ३५ सय शाखाबाट नेपालमा पैसा



काठमाडौं । एनआईसी एशिया बैंकले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने भएको छ । बैंकले सोका लागि एक्सिस बैंक भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतस्थित ३ हजार ५ सयभन्दा बढि शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ । उक्त रकम एनआईसी एसियाको बैंकका नेपालमा रहेका १ सय ९२ शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL