Logo

सिभिल बैंकको शाखा लमजुङमा, गभर्नर भन्छन, ‘बैंक विना आर्थिक सम्बृद्धि असम्भव’

सिभिल बैंकको शाखा लमजुङमा, गभर्नर भन्छन, ‘बैंक विना आर्थिक सम्बृद्धि असम्भव’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिभिल बैंकको ५९ औं शाखा लमजुङमा विस्तार गरेको छ ।

बेसीशहरको त्रीवेणीटोलमा विस्तार गरेको शाखाको शनिबार एक कार्यक्रम बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले उदघाटन गरेका हुन ।

कार्यक्रममा डा. नेपालले बैंक विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउँदै देशको अति दुर्गम स्थानहरुमा बित्तीय पहुँच पुर्याउन मौद्रिक निति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने बताएका छन । डा. नेपालका अनुसार नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिंग कारोबार गर्ने र ४० प्रतिशत भित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताएका छन ।

डा. नेपालले स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीय तहमा बित्तिय पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताएका छन ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन । नेपाल राष्ट्र बैंकको निति अनुरुपनै बैंकले लम्जुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा सञ्चालन गरेको बताएका छन ।

बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकाशका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बैंकले जनाएको छ ।
बैँकले ३७ अर्व रुपैँया भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्व रुपैँया कर्जा लगानी गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL