Logo

बैंक वित्तीय संस्थालाई अर्थमन्त्रीको प्रश्न, कहाँ गयो १७ खर्ब रुपैयाँ ?

बैंक वित्तीय संस्थालाई अर्थमन्त्रीको प्रश्न, कहाँ गयो १७ खर्ब रुपैयाँ ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक वित्त संस्थाले गरेको लगानीले देशले आर्थिक बृद्धिदर हासिल गर्न नसेको बताएका छन् । उनले शुक्रबार श्वेतपत्र जारी गर्दै वित्तीय साधनको उपयोग विवेकपूर्ण तवरले हुन सकेको भन्दै बैंकले गरेको लगानीले आर्थिक बृद्धिदरमा असर नपारेको दाबी गरेका हुन् । ‘अहिले बैंक वित्तीय संस्थाको कर्जाको बृद्धिदर हेर्ने हो भने २० प्रतिशतभन्दा माथी रहेको छ,’ उनले भने, ‘तर, देशको आर्थिक बृद्धिदर भने ४/५ प्रतिशतको हाराहारीमा छ कहाँ गयो ती लगानी ?’

२०७४ साल माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल २२ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा तथा लगानी भएको छ । जसमध्ये ७६ प्रतिशत अर्थात करिव १७ खर्ब रुपैयाँ कहाँ लगानी गरेरका छन् भन्ने यथार्थ जानकारी नभएको उनले श्वेतपत्र मार्फत उल्लेख गरेका छन् । हालसम्म बैंक वित्तीय संस्थाले कुल लगानीको ५ दशमलव ३ प्रतिशत अर्थात १ खर्ब २० अर्ब रुपैयाँ कृषिमा प्रबाह गरेका छन् । यस्तै राज्यले प्राथमिकतामा राखेको जलविद्युत क्षेत्रमा जम्मा ३ प्रतिशत अर्थात ६८ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरेकामध्ये करिव १७ खर्ब रुपैयाँ कुनकुन क्षेत्रमा कर्जा प्रवाह भएको छ भन्ने वास्तविक तथ्याङक नै नभएको श्वेतपत्रमा उल्लेख छ । तर, त्यसरी प्रवाह गरिएको रकम घरजग्गा, सेयर तथा चालू सम्पतीको धितोमा प्रवाह भएको जानकारी दिइएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेपनि वित्तीय पहुँच विस्तार भने एकदमै न्युन रहेको छ ।

पछिल्लो दुई दशकमा बैंक तथा वित्तीय संस्थाहरुका शाखा सञ्जाल तीव्र विस्तार हुँदै प्रति बैंक शाखाले ९ हजार जनसंख्यालाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय ४० प्रतिशतभन्दा बढी जनसंख्या बैंकिङ पहुँचमा भएपनि ५ प्रतिशतभन्दा कमले मात्र बैंकिङ कर्जा उपभोग गर्न पाएका छन् । सिमित व्यक्तिको पहुँचमा मात्र कर्जा विस्तारले देशले उच्च आर्थिक बृद्धिदर हासिल गर्न नसकेको श्वेतपत्रमा उल्लेख छ ।

वित्तीय सेवाको मुल अंश सहकारी संस्थाहरुमार्फत पुरा हुँदै गएपनि यी संस्थाहरुको प्रभावकारी नियमन र सुपरीवेक्षण, तथा संस्थागत सुशासन कायम गराउने चुनौतीहरु बढ्दै गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL