Logo

नेपालगञ्ज पुग्यो मुक्तिनाथ, शाखा संख्या ७५

नेपालगञ्ज पुग्यो मुक्तिनाथ, शाखा संख्या ७५


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालगंजमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा आएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच बैंकले उक्त शाखाको उद्घाटन गरेको हो ।

सो अवसर नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसरहरु सीर्जना गरेमा देशको आर्थिक अवस्था पनि मजबुत हुने बताएका छन ।

यसका साथै कार्यक्रमका बोल्दै नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका उप–निर्देशक कमल प्रकाश कालाथोकीले बैंकले कर्जाको आवश्यकता पहिचान गरि सोही क्षेत्रमा लगानी गरि साना साना कर्जा प्रबाह गर्दै सबैलाई उद्यमी बनाउन सहयोगी भूमिका खेल्नु पर्ने जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको नितिगत ब्यवस्था नै न्यून वर्गका जनताहरुको आय आर्जन उकास्ने र अर्थतन्त्रलाई सृदृढ बनाउने खालको भएको बताए । यस साखासंगैं बैंकको शाखा संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL