Logo

सल्यानमा एकैसाथ खुल्यो मुक्तिनाथको ३ शाखा, वित्तीय पहुँच विस्तारमा सहयोग

सल्यानमा एकैसाथ खुल्यो मुक्तिनाथको ३ शाखा, वित्तीय पहुँच विस्तारमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो ।

बैकले ३ शाखामध्ये संल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाममा एउटा शाखा विस्तार गरेको छ । उक्त शाखाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी उद्घाटन गरेका थिए ।

यसैगरी अर्को शाखा बागचौर नगरपालिकामा २ मा थारमारे शाखा स्थापना गरेको छ । सो शाखाको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले उद्घाटन गरेका थिए ।

त्यस्तै बैंकले तेस्रो शाखा सल्यानकै शारदा नगरपालिका वाड नं १ मा खोलको छ । उक्त शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका थिए ।

शाखा उद्घाटन कार्यक्रममा सल्यान जिल्ला प्रशासन प्रमुख प्रमानन्द घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष विरवहादुर चलाउने लगायतको उपस्थिती रहेको थियो ।

शाखा उद्घाटन कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षता सम्पन्न भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL