Logo

तुलसीपूर पुग्यो मुक्तिनाथ विकास बैंक

तुलसीपूर पुग्यो मुक्तिनाथ विकास बैंक


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले तुलसीपुर उप–महानगरपालिका ५ मा रहेको शाखाको बुधबार उदघाटन गरेको छ ।

दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र के.सी. ले शाखा उदघाटन गरे संगै वित्तीय संस्थाहरु बीच प्रतिस्पर्धा धेरै भए पनि बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न आग्रह गरेको बैँकले जनाएको छ ।

केसीले अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएकाले मुक्तिनाथ विकास बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन ।

कार्यक्रममा बिभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL